• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

क्रोएसिया अप्ठेरो अवस्थामा

  • खबरदाता

क्रोएसिया अप्ठेरो अवस्थामा

असार ५,२०७८

युरोकप फुटबलको शुक्रवार राती भएका समूह डिका दुवै खेलमा बराबरी भएको छ ।

इङ्गल्यान्ड र स्कटल्यान्डबिच गोल रहित बराबरी भयो भने क्रोएसिया र चेक गणतन्त्रका बिचमा पनि १–१ गोलको बराबरी भयो ।

साबिक विश्व विजेता क्रोएसिया पहिलो हाफमा विवादित पेनाल्टी गोलका कारण पछि परेको थियो । ढोजान लोभरेलले आफैलाई फल गरे पछि प्राप्त पेनाल्टीमा स्जीकले नै गोल गरे ।

कर्नरमा दुवै जना उफ्रिदा लोभरेनके कुहिनाले स्जीकको नाकमा लागेको थियो । रेफ्रिले भिडियो रेप्लेको आधारमा पेनाल्टीको निर्णय गरेका हुन् । यसको लगत्तै बराबरीको मौका पाएका क्रोएसियाका एन्टे रेबीकले १० यार्डबाट क्रस बार माथि प्रहार गरे । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै क्रोएसियाका इभान पारीसीकले पारिकीले बराबरी गोल गरे।

सोही समूहको अर्को खेलमा इङ्गल्यान्ड र स्कटल्यान्ड गोल रहित बराबरी भयो । चेक दुई खेलमा चार अङ्क सहित शीर्ष स्थानमा छ । समान अङ्क भएको इङ्गल्यान्ड गोल अन्तरको दोस्रो स्थानमा छ । क्रोएसिया र स्कटल्यान्डको एक एक अङ्क छ ।

  • प्रकाशित मिति : असार ५, २०७८, शनिवार ००:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८