आज २१ प्रतिशतमा संक्रमण।
असार ४ ,२०७८
चितवन । आज एकै दिनमा ४०२० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ४९ हजार ६८२ रहेको छ । यो ८९ प्रतिशत हो।
स्वास्थ्य मन्त्रालयका अनुसार थप २७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ८०८ पुगेको छ ।
देश भर ७५६९ को पिसिआर परिक्षण गर्दा १९६३ र ५४६८ जनाको एन्टिजेन परिक्षण गर्दा ८०५ जना गरि कुल २७६८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ८४ जना रहेका छन् ।
आज चितवनका ४ सहित थप ४४ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८६४१ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८