• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रुसको पहिलो जित

  • खबरदाता

रुसको पहिलो जित

असार २,२०७८

युरो कप फुटबल प्रतियोगितामा रुसले पहिलो जित हात पारेको छ ।

बुधवार भएको खेलमा रुसले फिनल्यान्डलाई १–० ले पराजित गरेको हो । रक्षकहरूका माझ घेरिएका एलेस्की मिरानचुकले पहिलो हाफको इन्जुरी समयमा गोल गरे । उनको घुमाउरो प्रहार गोलमा परिणत भएको थियो ।

समूह बीमा एक खेल बाँकी रहँदा यी दुवैको तीन अङ्क भएको छ । पहिलो खेलमा फिनल्यान्डले डेनमार्कलाई पराजित गरेको थियो भने रुसले बेल्जियमसँग हारको सामना गरेको थियो । बुधवारको खेल अघि फिनल्यान्डका सबै खेलाडीहरूले डेनमार्कका क्रिस्चीयन इरिक्सनको स्वास्थ्य लाभको कामना गर्दै ‘ गेट वेल सुन क्रिस्चीयन ’ लेखिएको टी सर्ट लगाएका थिए ।

इरिक्सन अहिले मुटुको समस्याको कारण अस्पतालमा उपचार गराइरहेका छन् । पहिलो खेलमा निर्णायक गोल गरेका फोजनपालोले यस खेलमा पनि गोल गरे पनि रेफ्रिले भिडियो रिप्लेको आधारमा यसलाई अफसाइड घोषित गरे ।

  • प्रकाशित मिति : असार २, २०७८, बुधवार १५:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८