• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा असार १० गतेसम्म निषेधाज्ञा यथावत

  • खबरदाता

चितवनमा असार १० गतेसम्म निषेधाज्ञा यथावत

आषाढ २, २०७८

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असार १० गते सम्म निषेधाज्ञालाई थप गरेको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ चितवन जिल्लामा समेत अझैसम्म उच्च रहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रशासनले असार १० गते राती १२ बजे सम्मको लागि जिल्ला भर लागुहुने गरि निषेधाज्ञा थप गरेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा जनाए अनुसार अत्यावश्यक बाहेक कोहि पनि घरबाट बाहिर निस्कन पाइने छैन । सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी , सेमिनार, तालिम, जात्रा र महोत्सव समेत संचालन गर्न रोक लगाइएको छ । साथै सिनेमाहल, पार्टी प्यालेस जिमखाना सैलुन, पार्लर, बिद्यालय, कलेज संचालनमा समेत रोक लगाइएको छ । विवाह, बतबन्ध घरैबाट बढीमा १५ जना उपस्थित भई गर्न पाईनेछ । मृत्यु संस्कारमा २५ जना बढी सहभागी हुन पाईने छैन ।

बजार र गाउँका गल्ली सडकमा साइकल र ठेलागाडामा गरिने ब्यापार समेत बन्द गर्न रोक गरिएको छ । बैंक तथा बित्तीय संस्थाहरु सातै दिन संचालन गर्न पाइने भएको छ । यस्तै पुस्तक पसल र वोर्कसप पनि सुरक्षा मापदण्ड पूरा गरि संचालन गर्न पाइने छ ।

अक्सिजन , औषधि ,तथा स्वास्थ्य सामाग्रीका पसलहरु यसअघि झै संचालन गर्न पाइने छ ।

यस्तै तरकारी, किराना, फलफूल, डेरि, माछामासु, अन्डा, चल्ला, दाना, एग्रोभेट, बिउबिजन, रासायनिक मल, ग्यास पसलहरु दैनिक बिहान ६ देखि १० बजे सम्म खोल्न पाइने छ । डेरिको हकमा भने बेलुका ५ देखि ७ बजे सम्म संचालन गर्न पाइने भएको छ ।

चितवनमा बुधबार सम्म सकृय संक्रमीत १४२९ रहेका छन मृत्यु हुने २५२ पुगेका छन । यस्तै जिल्लाका विभिन्न अस्पतालमा १०५ जनाको आइसियुमा उपचार भइरहेको छ ।

  • प्रकाशित मिति : असार २, २०७८, बुधवार ११:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८