• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

आज चितवनमा ११३ संक्रमीत थपिए

  • खबरदाता

आज चितवनमा ११३ संक्रमीत थपिए

संक्रमण दर १७. ८२ प्रतिशत ।

जेष्ठ २८,२०७८

चितवन । चितवनमा ५२२ जनाको पिसिआर परिक्षण गर्दा ६० र ११२ को एन्टिजेन परिक्षा गर्दा ५३ जना गरि थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ६३ जना संक्रमीत थपिए भने खैरहनिमा २,माडिमा ८ ,रत्ननगरमा ८ ,राप्तीमा ८ , कालिकामा ७ र इच्छाकामनामा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा १२१ जनाको आइसियुमा , जसमा ३४ जनाको भेन्टिलेटर र ४२ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १७२१ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये नवलपरासीका १ र दाङका १ रहेका छन।

आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालका २जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २३९ जना पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप १९ डिस्चार्ज भएका छन।

  • प्रकाशित मिति : जेठ २८, २०७८, शुक्रवार ०९:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८