जेष्ठ २८,२०७८
युरो कप फुटबल शुक्रवारबाट सुरु हुँदै छ । स्थानीय समय अनुसार शुक्रवार तथा नेपाली समय अनुसार शनिवार बिहान पौने एक बजेबाट सुरु हुने सो प्रतियोगिता ११ देशमाहरुमा हुँदै छ । कोरोना महामारीका कारण यसरी धेरै सहरमा आयोजना गर्न लागिएको हो ।
यसको दुवै सेमिफाइनल तथा फाइनल वेम्बली रङ्गशालामा हुने छन । बेलायतमा यसरी ठुला प्रतियोगिताको आयोजना हुन लागेको यो सन् १९९६ को युरो कप पछि पहिलो पटक हो । युरो कपको पहिलो खेल रोममा इटाली टर्कीका बिचमा हुने छ । रोम र वेम्बली बाहेक ग्लास्गो, र्आमस्ड्रम, बाकु, बुखारेस्ट,बुढापेस्ट,कोपन हेगन,म्युनिख, रोम र सेभियामा खेल हुने छ ।
त्यहाँको कोरोना सङ्क्रमणको अवस्था अनुसार भिन्न रङ्गशालामा भिन्न भिन्नै दर्शक मात्राको उपस्थितिमा हुने छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८