• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गोहीको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु

  • खबरदाता

गोहीको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु

जेष्ठ २४,२०७८

चितवन । चितवन राष्ट्रिय निकुञ्ज स्थिति राप्ती नदिमा गोहिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका २४ को ध्रुव भन्ने क्षेत्रमा गोहीको आक्रमणबाट भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय छन्नुराम बोटेको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जनाएका छन।

अनुसार आइतबार साँझबाट हराएका बोटेको सोमबार बिहान राप्ती नदीमा शव भेटिएको हो ।

राति माछा मार्ने क्रममा गोहीले बोटेलाई आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । निकुञ्जमा रातिको समयमा माछा मार्नु अवैध मानिन्छ । इजाजत प्राप्त व्यक्तिले तोकिएका साधनको प्रयोग गरेर मात्रै निकुञ्ज क्षेत्रमा माछा मार्न पाइने व्यवस्था छ ।

चालु आर्थिक वर्षको हालसम्म वन्यजन्तुबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १२ व्यक्तिको मृत्यु भएको छ । हात्ती, बाघ र गैँडाले तीनरतीन, गौरीगाई, बँदेल र मगर गोहीबाट एक-एकजनाको मृत्यु भएको छ । वन्यजन्तुको आक्रमणबाट यो अवधिमा २३ व्यक्ति घाइते भएका छन् ।

  • प्रकाशित मिति : जेठ २४, २०७८, सोमवार ०८:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८