जेष्ठ १७, २०७८
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरवबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्तक्षर गर्ने उपमहासचिव घनश्याम, सुरेन्द्रपाण्डेसहितका १२ नेतालाई पार्टीबाट निश्कासित नगर्ने भएका छन् । पार्टीमा आफ्नो समूहका नेताहरूसँगको छलफलपछि यी नेताहरूलाई कारबाही नगर्ने निर्णयमा ओली पुगेका हुन् ।
एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिए पनि नेताहरू नेतृत्वसँग सम्पर्क र संवादमा रहेकाले तत्काल कारबाही नगर्ने जानकारी आफूहरूलाई गराएको जानकारी दिए । ‘उहाँहरूले पार्टीले सोधेको स्पष्टीकरणको लिखित जवाफ त दिनु भएको छैन । तर, अध्यक्षज्यू तथा अन्य नेताहरूसँग सम्पर्कमा रहेकाले तत्काल कारबाहीबारे प्रक्रिया सुरु नगर्न निर्देशन जारी भएको छ,’ तामाङले भने ।
यसअघि स्पष्टीकरण सोधेर स्थायी कमिटी बैठकबाट वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ नेतालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेका ओलीले दोस्रो तहका नेताहरूलाई कारबाही गर्नबाट रोकिएका हुन् ।
यी नेताहरूलाई कारबाही गर्न भनेर आइतबार स्थायी समिति बैठक बोलाइएकोमा आजसम्म स्थगित भएको छ । सबै नेताहरूलाई कारबाही गरेपछि विद्रोहको जग बलियो बन्ने भन्दै आफू पक्षका नेताहरूको सुझाव आएपछि ओली रोकिएका एक स्रोतले बताए ।
एमालेले सोमबारमात्र भुसाल सहितका १२ नेतालाइ स्पष्टिकरण सोधिएको थियो । स्पष्टीकरण सोधिएका नेतामा सुरेन्द्र पाण्डे भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।
ओलीले कारबाही नगर्ने बताएपछि स्थायी समितिको एजेण्डा पनि परिवर्तन गरेका छन् । बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८÷७९ को बजेटको बारेमा छलफल गर्ने एजेण्डा राखिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८