• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बिना छलफलको नाम बरिबर्तनबाट बिरोध आउन सक्छ : योगेश भट्टराई

  • खबरदाता

बिना छलफलको नाम बरिबर्तनबाट बिरोध आउन सक्छ : योगेश भट्टराई

जेष्ठ १६,२०७८

नेकपा एमालेका नेता योगेश भट्टराईले कुनै पनि स्थानको नाम परिबर्तन गर्दा व्यापक छलफल गरिनुपर्ने बताएका छन।

सुकेटार बिमानस्थलको नाम परिबर्तन गर्दा जन स्तरमा छलफल गरि सहमतिको आधारमा गरेको भए राम्रो हुने कुरा उनले बताएका छन।

आइतबार सामाजिक संजालमा उनले भनेका छन ,यसरी नाम परिबर्तन गर्दा बिबाद, बिभाजन र समस्या झेल्नुपर्ने भएकोले छलफल गर्नु पर्ने थियो।
सनिवार अर्थ मन्त्री बिष्णु पौडेलले बजेट भासणमा सुकेटार बिमान्स्थलको नाम रबिन्द्र अधिकारी राखिने बताएका थिए।

ताप्लेजुङ् सुकेटार बिमानस्थलका बारेमा
एेतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, सान्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ ।

यसरीमात्र सहभागीता मुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा बिबाद, बिभाजन र अनाबश्यक तनाबमात्र झेल्नु पर्दछ ।

  • प्रकाशित मिति : जेठ १६, २०७८, आइतवार ०४:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८