जेष्ठ १५,२०७८
चितवन । गणतन्त्रको अबसरमा सरकारको निर्णय अनुसार रास्ट्रपतिको सिफारिसमा चितवन कारागारबाट १४ जना कैदीवन्दी रिहा भएका छन् ।
आज रिहा हुनेहरुमा सवारी ज्यानका ८ जना, कर्तव्य ज्यानका १, ज्यानमार्ने उद्योगका ३, लापार्वाही ज्यानका १ र चोरीका १ जना कैदीवन्दी रिहा भएका हुन् । रिहा हुनेहरुमा चितवन लगायत नवलपरासी,रुपन्देही,पर्सा,दाङ लगायत जिल्लाका रहेका छन।
चालचलनमा सुधार आएका र कानुनले छुट दिएको मुद्दामा जेल परेकाहरुलाई मात्रै कैद मिनाहको सिफारिस गर्ने गरिन्छ । चितवन कारागारमा जवरजस्ती करणीका १७४ जना, लागूऔषधका १४७ , गैँडा खाग तस्करीका ६७ कैदीवन्दी रहेका छन् ।
यस्ता प्रकृतीका मुद्दाका कैदीवन्दीलाई रिहाको लागि सिफारिस गर्नै प्रतिवन्ध रहेकोप्रकृतीका जेलर कमल काफ्लेले बताए । यसरी रिहा भएका मध्ये चोरी मुद्दामा छुटेकाहरु पुन चोरीमा लाग्ने गरेको र जेलमै पर्ने गरेको भएपनि अन्य मुद्दाका भने त्यस्तो गल्ती दोहोर्याएको आफूले नपाएको काफ्लेले भनाइ छ ।
एक पटक रिहा हुने अवसर पाएकाहरु पुन जेल परे यो सुविधा नपाउने उनको भनाई छ । यसैबीच, कारागारमा क्षमता भन्दा दोब्बरले बढि कैदीवन्दी राखिएको छ ।
२५ जना महिला र २५५ जना पुरुष गरी २८० जना राख्ने क्षमता रहेको यहाँ अहिले ६७७ जना रहदै आएका छन् । जसमा ४९ जना महिला र ३ आश्रित वालिका सहित ५२ जना र ६२८ जना पुरुष रहेका छन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८