• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मदिरा सेवन गरि राप्ती तर्न पसेका निकुञ्जका सैनिक हवल्दारको मृत्यु


मदिरा सेवन गरि राप्ती तर्न पसेका निकुञ्जका सैनिक हवल्दारको मृत्यु

जेष्ठ १२,२०७८ – केपी शर्मा

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिक हवल्दारको राप्ती खोला तर्ने क्रममा पानीमा डुबेर मृत्यु भएको छ।

गत सोमबार सांझको करिब ७-८ बजे तिर हवल्दार गगन शाही राप्ती नदिमा पौडीएर तर्ने क्रममा बेपत्ता भएको नेपाली सेनाले जनाएको छ ।

नौमुले १ दैलेखका ३३ वर्षिय शाही रेन्जर गण पोखराबाट तीन महिना अघि मात्र चितवन राष्ट्रिय निकुञ्जमा आएका थिए। नेपाली सेनाले प्रहरीलाई बताए अनुसार रेञ्जर बटालियन पोष्टका कमाण्डर शाही निकुञ्जको आफ्नो कार्यकाल सकि पोखरा जाने तयारिमा थिए। त्यसै सिलसिलामा पोस्टका साथिहरु मिलेर मदिरा सेवन गरेका थिए। र थप मदिरा किन्ने भन्दै राप्ती खोला तरि मेघौलीको गोलाघाट आएका थिए। गोलाघाटमा पनि मदिरा सेवन गरि पोस्ट फर्कदै गर्दा शाही भने खोला बाटै तर्ने भनी राप्ती पसेका थिए।

सोही क्रममा सेनाका २ जवान भने डुङगामा राप्ती तरेका र भोलि सम्म पनि शाही पोस्ट नफर्के पछी सेनाले खोजी गर्दा खोला किनारमै शब भेटेको सेनाले जानकारी गराएको चितवन प्रहरीका प्रबक्ता डिएसपि सुर्य थापाले जानकारी दिए।

अहिले शाहीको शब भरतपुर अस्पतालको शबगृहमा राखिएको छ ।

मृतकका आफन्तले भने उक्त घटनालाई शंकास्पद रहेको बताएका छन ।’ लाशको प्रकृति हेर्दा पाँच सात दिन अघिनै घट्ना भएको जस्तो देखिन्छ’ मृतका जेठान पर्ने लालबहादुर चन्दले भने।

उनले घट्ना सोमबार राति घटे जस्तो नदेखिएको बताए । उनले भने ,’ हामीले त हाम्रो ज्वाइँको शब हो भन्ने कुराको पनि पहिचान गर्न सकेनौ’।  सेनाले भने आफन्तलाइ टिसर्टका आधारमा पनि गगनकै शब हो भनेर चिनिन्छ भन्दै आएको छ । तर आफन्तले भने गगनले कस्तो टिसर्ट लगाउथ्यो भन्ने हामीलाई थाहा नभएको र अन्य पहिचान पनि हेर्न नमिल्ने भएको बताए।

अहिले सेनाले शब गगन शाहिकै भएको र शब बुझ्न दबाब दिइरहेको छ ।
एकपटक घटनास्थल पुगेर हेर्ने र संगै रहेका सेनाका अन्य जवानलाई पनि भेट्ने आफन्तको माग छ । सेनाले र पुलिसले भनेकै भरमा हामी बिश्वास गर्न सक्ने अबस्थामा छैनौं जेठान चन्दले भने।

बिगत १६ बर्ष देखि सेनामा कार्यरत शाहीका एक श्रीमती र दुई छोरा छन। छोरा कक्षा ४ र ५ मा पढ्छन।

  • प्रकाशित मिति : जेठ १२, २०७८, बुधवार ०७:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८