जेष्ठ ८, २०७८
कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिलेको अवस्थामा कसले पुर्याएको हो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसमा राष्ट्रपतिलाई ,तपाईुं भन्ने सभ्यतासमेत नभएको भन्दै आलोचना गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिमा प्रयोग भएको भाषालाई लिएर ओलीले उक्त आलोचना गरेका थिए ।
प्रधानमन्त्री ओलीले गरेको आलोचनाको कांग्रेसका नेता थापाले प्रतिक्रिया दिएका हुन् । थापाले सामाजिक सञ्जालमा राष्ट्रपतिलाई तिमी भनेकोमा ओलीलाई कति चित्त दुखेछ भनेर लेखेका छन् । उनले अगाडि लेखेका छन्, गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड ूसम्माननीय राष्ट्रपतिूबाट तपाईं हुँदै तिमीमा कसले ओरालेको रुु
राष्ट्रपति भण्डारीले पदीय मर्यादा कायम राख्न नसकेको थापाको भनाइ छ । आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो, थापाले लेखेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८