• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रुकुम हिंडेको बस दाउन्नेमा दुर्घटना ,४ को मृत्यु, ४९ घाइते

  • खबरदाता

रुकुम हिंडेको बस दाउन्नेमा दुर्घटना ,४ को मृत्यु, ४९ घाइते

जेष्ठ ५,२०७८

काठमाडौंबाट रुकुमको लागि हिंडेको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने अन्य ४९ जना घाइते भएका छन् ।

बुधबार विहान साढे ५ बजेको समयमा पश्चिम् नवलपरासीओ बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खसेर दुर्घटना भएको हो ।

ना ५ ख २७१३ नम्बरको बस खोलामा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।उनिहरुको घट्नास्थलमै मृत्यु भएको थियो।

मृतक ४ जना मध्ये २ जनाको मात्र सनाखत भएको छ ।
मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती रहेको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि बुटवलका अस्पतालहरुमा पठाएको र केही घाइतेहरुको बर्दघाटस्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
बसमा ५८ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : जेठ ५, २०७८, बुधवार ०३:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८