बैशाख २३,२०७८
चितवन – चितवनमा कोरोना संक्रमीत एक पुरुषले आत्महत्या गरेका छन।
चितवनको माडी नगरपालिकामा – ३ का ३५ वर्षीय पुरुषले आफ्नै घरको कोठामा बिहीवार बिहान ७:३० बजे आत्महत्या गरेको चितवन प्रहरीले जनाएको छ ।
बैशाख १५ गते भारतबाट आएका उनले २१ गते कोरोना परीक्षणका लागि बघौडा अस्पतालमा स्वाब दिएका थिए । २२ गते कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा नै बस्दै आएका थिए ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८