• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एकैदिन चितवनमा २५५ संक्रमीत थपिए,९ को मृत्यु

  • खबरदाता

एकैदिन चितवनमा २५५ संक्रमीत थपिए,९ को मृत्यु

बैशाख २२,२०७८

चितवन । जिल्लामा एकै दिन थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थप ९ जनाले कोरोनाका कारण ज्यान गुमाउन पुगे।

स्वास्थ कार्यालय चितवनले जनाए अनुसार आज थपिएका मध्ये भरतपुर महानगर पालिकाका २१५ जना रहेका छन।यस्तै खैरहनि नगरपालिकाका १०,माडिका ३,रत्ननगरका १७, राप्तीका ३ र कालिका नगरपालिका २ जना गरि २८८ थपिएका हुन।

चितवनका विभिन्न अस्पतालमा ४९ जनाको आइसियुमा र १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । भने सक्रिय संक्रमीत १३४० जना रहेका छन।

आज मृत्यु हुनेमा भरतपुर अस्पतालमा चितवनका २ , हेटौंडाका १ र नवलपुरका १ जनाको मृत्यु भएको हो। यता चितवन मेडिकल कलेजमा पनि रुपन्देहीका ३ जना र नवलपुरकै १ जनाको मृत्यु भएको छ भने पुरानो मेडिकल कलेजमा पनि चितवनका १ जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सहित जिल्लामा मृत्यु हुनेको संख्या १२४ पुगेको छ ।

  • प्रकाशित मिति : वैशाख २२, २०७८, बुधवार १०:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८