बैशाख २०,२०७८
चितवन – चितवनको भरतपुर महानगरपालिका १ मा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शब फेला परेको छ । सिन्धुलिको गोलन्जर गाउँपालिका -४ घर भएका १७ वर्षिय सन्तोष कुमार सुनारी भरतपुर १ ठिमुरा स्थित त्रिशुली नदीमा बैशाख १७ गते दिउँसो पौडी खल्ने क्रममा बेपत्ता भएका थिए ।
खोजी कार्य जारी राखेको प्रहरीले सोमबार १२:१० बजेको समयमा सोही स्थान भन्दा ६ सय मिटर तल शब फेला पारेको हो।
प्रहरी र स्थानियको सहयोगमा उक्त शब बाहिर निकाली निजले काम गर्दै आएको पुजा होटलको साहु र सँगै गएका साथीहरुको रहोबरमा सनाखत गरी पोष्ट मार्टमको लागी जिल्ला अस्पताल भरतपुरमा पठाइएको प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८