• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

क्यान्सरमा परिक्षण , ३२ नमुनामा कोरोना पुष्टि

  • खबरदाता

क्यान्सरमा परिक्षण , ३२ नमुनामा कोरोना पुष्टि

 

बैशाख २०,२०७८

चितवन । बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल  भरतपुरकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ११ र रत्ननगरका २ पुरुष रहेका छन।

यस्तै कपिलवस्तुका १ महिला ,पर्सा २,बाजुरा १,बाके १,नवलपरासी १,कैलाली १,रुपन्देही २,कालिकोट १,दाङ २,कंचनपुरका १ जना रहेका छन।

मकवानपुर , मोरङ ,सुन्सरी र बाराका पनि १र१ जना गरि ४ सहित जम्मा ३२ जना संक्रमीत भएका हुन।

संक्रमितहरु १५ देखि ६९ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

क्यान्सर अस्पतालबाट संकलन गरिएका १६० नमूनाको आइतबार गरिएको परिक्षणमा १२८ वटा नेगेटिभ र ३२ नमुनाको रिपोर्ट पोजेटिभ आएको हो ।

  • प्रकाशित मिति : वैशाख २०, २०७८, सोमवार ०७:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८