• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राम सीता सहित चार मुर्ति देवघाट ल्याइयो

  • खवरदाता

राम सीता सहित चार मुर्ति देवघाट ल्याइयो

बैशाख ७, २०७८

चितवन । रामनवमीको अवसरमा भोलि बुधबार माडीको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानको मुर्ति देवघाट ल्याइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट मंगलबार विहान हस्तान्तरण गरिएका मुर्तिलाई आज देवघाट ल्याइएको हो । देवघाट पुर्‍याउनु अघि दासढुङ्गामा सांसदहरु कृष्णभक्त पोख्रेल, विजय सुवेदी, कृष्ण भुर्तेल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रसाद अधिकारी लगायतले स्वागत गरेका थिए । बाजागाजा सहित स्वागत गरिएको मुर्ति आज देवघाटनै राखिने र भोलि विहान माडी पुर्याइने छ । चार वटा गाडीमा चार वटा मुर्ति र अन्य सवारीहरुको साथमा देवघाट ल्याइएको हो ।

भोलि विहान पीठाधिशहरुको उपस्थितीमा पवित्र जलले जलाभिषेख गरी माडी प्रस्थान गराइने र माडी प्रवेश गर्दा पर्शुराम कुण्डको पवित्र जलले जलाभिषेक गराई स्थापना गराइने आयोध्याम व्यवस्थापन समितिले जानकारी दिएको छ । आजको व्यवस्थापन देवघाट क्षेत्र विकास समितिले गर्ने छ भने भोलिका लागि माडी–९ कृष्णनगर पार्कमा ९ सय सवारी साधनको व्यवस्थापन र ४ हजार भक्तजनहरुलाई खाना बस्नको प्रबन्ध गरिएको छ ।

  • प्रकाशित मिति : वैशाख ७, २०७८, मंगलवार १२:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८