बैशाख ४,२०७८
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेल प्रतिलिटर १/१ रुपैयाँ मूल्य बढाएको हो । बढेको मुल्य सनिवार राती १२ बजेबाट लागू हुने छ ।
नयाँ मुल्य अनुसार काठमाडौंका लागि खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेलरमटितेलको १०४ रुपैयाँ हुने छ ।
यस्तै आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा पनि २ रुपैयाँ वृद्धि गरी प्रतिलिटर ७६ रुपैयाँ कायम गरिएको छ भने अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।
मूल्य समायोजनपछि पनि भारतीय सीमाको रक्सौलको तुलनामा नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २९.२३ रुपैयाँ र डिजेल ३५.४१ रुपैयाँ सस्तो रहेको निगमले बताएको छ ।
गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८