बैशाख २,२०७८
कोभिड–१९ को नयाँ युके भेरिएन्ट नेपालमा पनि देखिएको छ । ललितपुरबाट संकलन गरेको नमुनामा युके भेरियन्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त भेरियन्ट बालबालिकामा देखिएको हो।
नेपालमा युके भेरिएन्ट पुष्टि भएका १५८ मध्ये २६ जना बालबालिका रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताए। युके भेरिएन्ट देखिएकामध्ये चार जना १० वर्ष भन्दा कम उमेरका छन्।
उनका अनुसार गत हप्ता काठमाडौंमा संकन गरिएका ७६ नमूनामध्ये ४८ जनाको एस जिन नेगेटिभ भेटिएको थियो। त्यसमध्ये २० प्रतिशत २० वर्षभन्दा कम उमेर समूहका छन्।
त्यस्तै, पोखरामा संकलित १७६ नमूनामध्ये १०५ मा एस जिन नेगेटिभ भेटिएको र त्यसमध्ये ५१ जना १० देखि १४ वर्ष उमेर समूहका रहेको निर्देशक पौडेलले बताए। उनी भन्छन्, “कुन समूहमा संक्रमण बढिरहेको छ भन्ने यी आँकडाहरूले प्रष्ट देखाउँछन्।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८