चैत्र ३०,२०७७
आगामी वैशाख २ देखि चितवनमा दोस्रो भरतपुर मेयर कप अन्तगर्ततका दुई प्रतियोगिता हुने भएको छ ।
भरतपुर क्रिक्रेट क्लव र भरतपुर महानगरपालिकाको सहकार्यमा प्रतियोगिता हुन लागेको सोमवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
क्लवका अध्यक्ष अनिल अधिकारीका अनुसार राष्ट्रिय अन्तर विद्यालय क्रिक्रेट र भरतपुर महानगरका वडा लिग क्रिक्रेट आयोजना गर्ने तयारी रहेको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा हुने प्रतियोगिताको तयारी सुरु भएको भन्दै मैत्रीपूर्ण खेलको समेत आयोजना गरिएको हो ।
भरतपुर १६ मा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा थप सहयोग पुग्ने र सवैको साझा अपनत्व लिन सक्ने गरी राजनीतिक दलवीच, हिसान प्याव्सन, मेयर उपमेयर ,पत्रकार लगायतको टोलीलाइ मैत्रीपूर्ण खेलमा सहभागी गराइने आयोजकले जनाएको छ । मेयर कप क्रिक्रेटलाई वार्षिक कार्यक्रम अनुसार भरतपुर महानगरबाट १ करोड बजेट बिनियोजन भएको र सोही बजेटबाट विभिन्न चरणमा प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको क्रिक्रेट क्लवका सल्लाहकार संयोजक सुदीप सुवेदीले जानकारी दिए ।
प्रतियोगितालाई सेन्ट्रल कलेजले स्पोन्सर गर्ने गरी कलेजका प्रिन्सिपल वाइवि पौडेलसँग सम्झौता समेत भएको छ ।
प्रतियोगितामा सहभागी हुने समूह र पुरस्कार पछि घोषणा गरिने उनीहरुको भनाई थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८