चैत्र–३०, २०७७
चितवनको राप्ती नगरपालिका ११ मा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती न.पा. ५ बस्ने बर्ष ३५ को खड्क लामा ,खैरहनी न.पा. ९ बस्ने बर्ष ४० को मगन महतो,राप्ती न.पा. ४ बस्ने बर्ष ४५ को सिताराम श्रेष्ठ ,खैरहनी न.पा. ९ बैरहनी बस्ने बर्ष ५० की छनिया महतो र हाल नाम थर बतन नखुलेको अन्दाजी बर्ष २४/२५ को पुरुष ब्यक्ती रहेका छन।
घाइते मध्येका ट्रयाक्टर चालक खैरहनी न.पा. ७ मझुही बस्ने बर्ष २६ को राजन चौधरी ,रौतहट मधुनारायण न.पा. १ बस्ने बर्ष २२ को पप्पु महरा ( गम्भिर) खैरहनी न.पा. ९ बस्ने बर्ष २५ की मन्जु चौधरी ,सोही ठाउँ बस्ने बर्ष २१ की सरिता चौधरी, बारा सिम्रनगढ न.पा. ५ बस्ने बर्ष २१ को अबधेस पासबान,सोही ठाउँ बस्ने बर्ष २३ को शिबजी कुमार राम ,रौतहट दिबिही बस्ने बर्ष १९ को अरुण राम (गम्भिर), रौतहट दिबिही न.पा. बर्ष २७ को बिजय राम (गम्भिर), बारा बुद्दगाँउ न.पा. ८ बस्ने बर्ष २० को बिराज चौधरी, मकबानपुर सिलिङे गा.पा. ६ बस्ने बर्ष २५ को दानिर प्रजाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
त्यस्तै मकबानपुर कान्द्राङ गा.पा. ४ बस्ने बर्ष २० को रङलाल प्रजा, बारा कचौराहा गा.पा. ८ बस्ने बर्ष २७ को राम आधार राम (गम्भिर), रौतहट दिपहि न.पा. १ बस्ने बर्ष २४ को नागेश्वर चमार , मकबानपुर राक्सिराङ गा.पा. २ बस्ने बर्ष ४२ को अजय सिंजालि, रौतहट दिपही न.पा. २ बस्ने बर्ष १४ को नितेस राम बस्था, चितवन राप्ती न.पा. ४ बस्ने बर्ष ४५ को सुर्य ब.श्रेष्ट (गम्भिर), सोही ठाउँ बस्ने बर्ष ३० को निर ब.श्रेष्ठ (गम्भिर) र हाल नाम थर बतन नखुलेको बर्ष २८ को पुरुष ब्यक्तीको पनि गम्भीर अबस्था सोही अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला मकबानपुर राक्सीराङ गा.पा. ७ बस्ने बर्ष २४ को रमन चेपाङ र बारा कोल्बी न.पा. ५ बस्ने बर्ष ३२ को प्रभु कुमार रामको गम्भीर अबस्थामा नयाँ मेडिकलकलेज भरतपुरमै उपचार भइरहेको छ ।
आइतबार साझ साढे ७ बजेतिर राप्ती नगरपालिका ११ स्थित आंमपानीको चिउडे खोला भन्ने स्थानमा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
थाकलटारबाट चिउडेखोला तर्फ आइरहेको ना १ त ६२८२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिव २०० मिटर तल खसेको थियो । ट्याक्टरमा २५ जना सवार रहेका मध्ये ५ जना को मृत्यु हो।
घाइते २० जना मध्ये १८ जनाको पुरानो मेडिकल कलेज र २ को चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
राप्तीमा वडाकार्यालयको भवन ढलान गरेर फर्कदै गरेको अबस्थामा दुर्घटना भएको हो।
आइतबार बिहानै चितवनको रामपुरमा म्याजिक भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८