२०७७, चैत्र २९
चितवन । चितवन जिल्ला भरतपुर महानगरपालिका १९ रामपुर चौकी नजिकै म्याजिक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याजिकमा सवार कास्की जिल्ला रुपा गाउँपालिका १ बस्ने बर्ष ४५ को सुर्य खातीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा नै र चितवन जिल्ला भरतपुर महानगरपालिका ४ बस्ने बर्ष ५० को राजेन्द्र दमाईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए ।
विहान करिव ९ बजेतिर भरतपुरबाट शारदानगर टाउन तर्फ जांदै गरेको ना१ज ३८५९ नम्बरको म्याजिक आफै अनियन्त्रित भई सडकको कल्बर्डबाट तल खाल्डोमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
चालक सहित म्याजिकमा ९ जना सवार रहेको थापाले बताए ।
उनका अनुसार लम्जुङ दोर्जि गाउँपालिका ३ वस्ने बर्ष ३१ का विनोद गुरुङ र रसुवा जिल्ला कालिका गाउँपालिका २ बस्ने वर्ष १९ को प्रदिप घिमिरेको पुरानो मेडिकल कलेज भरतपुरमा, म्याजिक चालक चितवन जिल्ला भरतपुर १९ शारदानगर बस्ने बर्ष ३५ का रमेश थापाको गम्भिर अवस्थामा नयां मेडिकल कलेज र चितवन जिल्ला भरतपुर महानगरपालिका ६ बस्ने बर्ष ४७ की शारदा परियार, भरतपुर २१ पार्वतिपुर बस्ने बर्ष ४८ की कुमारी बि.क.(गम्भिर), भरतपुर १९ शारदानगर बस्ने बर्ष ३२ की बबिता गुरुङ (गम्भिर) अवस्थामा भरतपुर सरकारी अस्पतालमा र रामपुर बस्ने बर्ष २४ को अनुप लामाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८