चैत्र २० ,२०७७
चितवन । सरकारी तथ्यांक अनुसार आज १११ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७२ हजार ९६२ रहेको छ । यो ९८.३ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जस मध्ये प्रदेश १ मा ९ जना , प्रदेश २ मा २, बागमती प्रदेशमा १०६ , गण्डकी प्रदेशमा ३३, लुम्बिनी प्रदेशमा १६, कर्णाली प्रदेशमा १ र सुदुर पश्चिम् प्रदेशमा १२ जना संक्रमीत थपिएका हुन । आज ३५६५ जनामा नमुना परिक्षण भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ६४० पुगेको छ ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ३१ जना पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १ हजार ६४७जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ६१ छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८