• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा जनगणना सहजीकरण समयन्त्रको पहिलो बैठक सम्पन्न

  • खबरदाता

चितवनमा जनगणना सहजीकरण समयन्त्रको पहिलो बैठक सम्पन्न

चैत्र १८,२०७७

चितवन । चितवन जिल्ला स्तरीय जनगणना सहजीकरण समयन्त्रको पहिलो बैठक आज सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्रमुख कृष्ण कुमार डल्लाकोटीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले छोटो कार्यपत्र प्रस्तुत गरे । उक्त सम्यन्त्रका सदस्य सचीव समेत रहेका भण्डारीले राष्ट्रिय जनगणना २०७८ को बारेमा जनप्रतिनिधिहरुलाई जानकारी गराउदै आवश्यक समन्वय र सहयोगका लागि अनुरोध गरेका थिए ।

यस संयन्त्रले जिल्लामा राष्ट्रिय जनगणनाको कार्यलाइ प्रभावकारी बनाउन स्थानीय तहबीच सहयोग र समन्वय गर्ने , स्रोत साधनको ब्यवस्थापनमा सहजीकरण गर्नुको साथै जिल्लामा जनगणनाको अनुगमन र निरीक्षण समेत गर्नेछ ।

बैठकमा जिल्ला समन्वय समिति उपप्रमुख मुना कुमारी श्रेष्ठ , जिल्लाका सबै स्थानीय तहका प्रमुख , उपप्रमुख हरुको उपस्थिति रहेको थियो ।

  • प्रकाशित मिति : चैत १८, २०७७, बुधवार १४:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८