• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ओलीको ब्यक्तिगत इगोमा रन्किएको एमाले !

  • खबरदाता

ओलीको ब्यक्तिगत इगोमा रन्किएको एमाले !

चैत्र १७,२०७७
केही समययता प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिलाई विभिन्न रूपमा प्रयोग गरेर शक्ति केन्द्रीकृतको अभ्यास गरिरहेका छन् ।

पुस ५, २०७७ मा प्रतिनिधिसभा असंवैधानिक रूपमा एक्कासी भंग गरेर राजनीतिलाई आफ्नो वरिपरि केन्द्रित गर्ने अभ्यास गरेका ओलीले पछिल्लो समय व्यक्तिगत इगो र अहमको ज्वालालाई अझ बढाउँदै लगेका छन् ।

सर्वोच्च अदालतले उनको कदमलाई गैरसंवैधानिक घोषणा गरिदिएपछि नैतिक रूपमा त्यसको जिम्मेवारी लिने र सुधारिने आशा आमरूपमा भए पनि उनले त्यसलाई वास्ता गरेनन् । बरु अझ शक्तिशाली बन्ने रणनीति बनाइरहेका छन् । पुस ५ को उनको कदमको विरोध गर्दै तत्कालीन नेकपाबाट बाहिरिएको माधवकुमार नेपाल–झलनाथ खनाल सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि पुनः एमालेतिर आउँदा नेपालसहित मुख्य नेतालाई अस्वीकार गरिदिएका छन् ।

ओलीले यस्तो रणनीति अपनाउनुको मुख्य कारण व्यक्तिगत इगो त हो नै अर्को अब बन्ने पार्टीमा आफूप्रति प्रश्न उठाउने कुनै पनि नेता वा समूह नरहोस् भन्ने चाहेको देखिएको छ । पार्टी नेतृत्वप्रति कुनै पनि प्रश्न उठाउन नसक्ने अवस्था सिर्जना गरेर कस्तो कम्युनिष्ट शक्ति तयार गर्न खोजेका होलान् रु चासोको विषय बन्न गएको छ ।

समयलाई परिवेशलाई आँकलन गर्ने र त्यसलाई शक्ति आर्जनका लागि जसरी पनि उपयोग गर्न सक्ने नेतामा प्रधानमन्त्री केपी ओली सबैभन्दा अगाडि देखिएका छन् । स्थानीय निर्वाचनमा तत्कालीन एमाले अगाडि भए पनि संसदीय निर्वाचनमा बहुमतमा आउन नसक्ने देखेपछि उनले विशेष रणनीति बनाए, माओवादीसँग एकीकरण गर्ने । उनको रणनीतिबाट राजनीतिको गति नै परिवर्तन भइदियो । कांग्रेस हार खाएर खुम्चिन पुग्यो, एमाले र मओवादी केन्द्रको गठबन्धनले लगभग दुई तिहाई बहुमत ल्याएर एकलौटी सरकार गठन गर्न सफल भयो । ओली एसियाकै दास्रो ठूलो पार्टी नेकपाको अध्यक्ष तथा प्रधानमन्त्री बन्न सफल भए ।

उनले सरकार प्रमुख बनेपछि लोकप्रिय बन्ने रणनीति अनुसार लागू नै नभए पनि विकासका नयाँ–नयाँ योजनाहरू अघिसारे । ठूलो पार्टी बनाएर एकलौटी सरकार बनाउन सफल भए पनि पार्टीभित्र उनी एकलौटी शक्तिशाली भने बन्न सकेनन् । विद्रोही युद्ध गरेर मूलधारमा आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बराबरी शक्ति उपयोग गर्न नपाएपछि उनको विरोध गर्ने नै भए । ओली र प्रचण्डबीच पार्टी एकीकरण गर्ने बेलामा सत्ता आलोपालोदेखि अन्य शक्ति अभ्याससम्बन्धी सहमति भएको पनि थियो ।
पार्टीमा शक्ति अभ्यास गर्ने कुरामा प्रचण्डसँग त खिचलो पर्ने नै भयो एमालेकै अर्को समूह वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि ओलीका एकलौटी शक्ति अभ्यासमा प्रश्न उठाइरह्यो ।

यसको व्यवस्थापनमा अध्यक्ष ओली असफल नै बन्न पुगे । प्रधानमन्त्री ओलीको प्रवृत्ति भनेकै विधानसम्मत पार्टीलाई अघि बढाउनेभन्दा पनि सबै कुरा मैले भनेकै हुनुपर्छ भन्ने हो । मेरै योजनामा पार्टी एककीरण भयो तथा मेरै नेतृत्वमा पार्टीले कहिल्यै नभएको बहुमत ल्यायो भने मैले भनेको किन नहुने रु भन्ने धारणा उनको रहन गयो । यो अवधारणको भारीले गर्दा उनमा इगो र अहम बढाउँदै लग्यो । यसैको तुष्टिका लागि उनले पुस ५ मा संसद् नै भंग गरदिए । सो कदमपछि उनले पार्टीलाई पूर्णरूपमा फरक रूपमा अघि बढाउने रणनीति बनाएको देखिँदै आएको छ ।

अबको एमालेमा प्रधानमन्त्रीको विरुद्धमा कुनै पनि प्रश्न उठाउने शक्ति नरहोस् भन्ने चाहेको र त्यही अनुसार व्यवस्थापन गर्न खोजेको देखिन्छ । यही योजनालाई कार्यान्वयनका लागि केपी शर्मा ओलीले फागुन २८ मा विशेष केन्द्रीय समितिको नाम दिएर नेपाल–खनाल समूका नेताहरूको पद र जिम्मेवार खोसिदिए । पार्टीको सबै शक्ति आफैमा केन्द्रित गरे । यस्तो शक्तिशाली भएपछि आफ्ना विरोधी खेमाको नेतृत्व गर्ने नेपाल र कडा आलोचक भीम रावललाई पार्टीको साधारण सदस्यबाट ६ महिना निलम्बन गर्न कुनै अप्ठ्यारो परेन । सो समूहका अरू नेता पनि कारबाहीमा पर्ने निश्चित छ । एमाले अध्यक्ष ओलीले निलम्बन पत्रमा सुधारिएर नआए अझ कडा कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले कम्युनिष्ट शक्तिलाई बलियो बनाउँदै अहिले अवस्थामा ल्याउन जीवन समर्पण गरेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायत प्रभावशाली नेताहरूलाई कारबाही गरेर कस्तो पार्टी शुद्धीकरण गर्न खोजेका होलान् रु उनको निलम्बन पत्रमा उल्लेख गरेका आरोपलाई सुधार गरेर उनीहरूलाई फेरि पार्टीमा ल्याउन सक्लान् र रु ४७ वर्षसम्म सहकार्य गरेर आएका नेतालाई पर फालेर उनकै भनाइ अनुसार ‘कमाउन लागेका’ नवप्रवेशीले नैतिक, व्यवस्थित र जनमुखी कम्युनिष्ट शक्ति स्थापित गर्न सक्लान् रु अध्यक्ष ओलीले कसैले नेतृत्वप्रति प्रश्न उठाउन नपाउने कस्तो कम्युनिष्ट बनाउने होलान् रु बग्रेल्ती प्रश्न तेर्सिएका छन् ।

  • प्रकाशित मिति : चैत १७, २०७७, मंगलवार १४:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८