• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज १५६ थपिए, ४ जनाको मृत्यु

  • खबरदाता

आज १५६ थपिए, ४ जनाको मृत्यु

चैत्र १३ ,२०७७

चितवन । सरकारी तथ्यांक अनुसार आज ७० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७२ हजार ३४२ रहेको छ । यो ९८।४ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जस मध्ये प्रदेश १ मा ६ जना , प्रदेश २ मा १, बागमती प्रदेशमा ९१ , गण्डकी प्रदेशमा ३७, लुम्बिनी प्रदेशमा १५, कर्णाली प्रदेशमा २ र सुदुर पश्चिम् प्रदेशमा ४ जना संक्रमीत थपिएका हुन । आज ४४१६ जनामा नमुना परिक्षण भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।

आज कोरोनाबाट ४ जनाले ज्यान गुमाउँदा  कुल मृतक संख्या ३ हजार २४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ हजार २९९जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ५२ छ ।

  • प्रकाशित मिति : चैत १३, २०७७, शुक्रवार ११:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८