चैत्र १२ ,२०७७
चितवन । सरकारी तथ्यांक अनुसार आज ८५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७२ हजार २७२ रहेको छ । यो ९८.५ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जस मध्ये प्रदेश १ मा ७ जना , प्रदेश २ मा १, बागमती प्रदेशमा ६८ , गण्डकी प्रदेशमा २३, लुम्बिनी प्रदेशमा १३, कर्णाली प्रदेशमा ३ र सुदुर पश्चिम् प्रदेशमा ५ जना संक्रमीत थपिएका हुन । आज २८९१ जनामा नमुना परिक्षण भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ ।
कोरोनाबाट ज्यान जाने कुल संख्या ३ हजार २० जना पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १ हजार २१७जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ५५ छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८