• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

२४ सदस्यीय संसदीय बोर्डमा २ बाहेक सबै ओलीका

  • खबरदाता

२४ सदस्यीय संसदीय बोर्डमा २ बाहेक सबै ओलीका

चैत्र ५,२०७७

बालुवाटारमा जारी एमाले संसदिय दलको बैठकले झलनाथ खनाल र माधब कुमार नेपाल सहित २४ सदस्य बोर्ड गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको दलको बैठकले खनाल(नेपालसहित २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो।

उक्त बोर्डको प्रमुखमा केपी ओलिनै रहेका छन्। सदस्यहरूमा सुवास नेम्वाङ, विशाल भट्टराई र शान्ता चौधरी पदेन सदस्य बनाइएको छ। त्यसबाहेक अन्य सदस्यहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, बिमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा शेरबहादुर तामाङ, छबिलाल विश्वकर्मा, रघुबीर महासेठ, नारदमणि राना, मोहन बाँनिया, भुपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र बिमला बिक छन्।

बैठकले २७ सदस्यीय संसदीय बोर्डका लागि बाँकी ३ जना पछि मनोनयन गर्ने भएको शेरबहादुर तामाङले जानकारी दिए।

सो बैठकमा खनाल नेपाल पक्षका कुनै पनि सांसदले उपस्थित जनाएनन। उक्त बोर्डमा २ जना बाहेक सबै ओलि पक्षका रहेका छन।

  • प्रकाशित मिति : चैत ५, २०७७, बिहीवार ०९:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८