फागुन २८,२०७७
म्यानमारका सैन्य सरकारले हाल गिरफ्तारमा रहेकी नेतृ आङ सान सुकीले अवैध रूपमा ६ हजार डलर तथा ११ किलो सुन लिएको आरोप लगाएको छ । सुचीको दलले भने यसको खण्डन गरिरहेको छ । हालसम्म यसको कुनै प्रमाण भने फेला परेको छैन । संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार आयोगले म्यानमारका मानव अधिकार विरोधी अपराध भइरहेको जनाएको छ ।
म्यानमारमा बिहीबार मात्र प्रदर्शनमा सात जना भन्दा बढीको ज्यान गएको छ । मयाङमा मात्र ६ जना मारिएका हुने । यांगुनमा पनि एक २५ वर्षीय महिलालाई गोली हानी मारिएको हो । यांगुनमा पूर्व मुख्य मन्त्री फाथो मेन थेनले सुकीलाई सो डलर र सुन दिएको बताएका हुन् । संसद्ले भने यसलाई अस्वीकार गरेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८