केपी शर्मा – फागुन १७,२०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाइ कसैले प्रधानमन्त्रीबाट हटाउन नसक्ने बताएका छन।
सोमबार आफू निकट नेकपाले पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन। उनले सडकमा कराएर म यता उता छु भनेर सरकार परिबर्तन हुन नसक्ने बताए । उनले भने ,ञ कुनै पनि काम गर्न विधि र पद्धति चाहिन्छ । कसैले गलहत्याएर कसैलाई पाखा लगाउन सकिदैन ।
उनले आफुलाइ प्रधानमन्त्रीबाट हटाएर देखाउन दाहाल – नेपाल समुहलाई चुनौती दिए। उनले भने , ञ हटाउने भए अबिस्वासको प्रस्ताव पेस गर्नुहोस। म पनि तपाईं हरुको हिम्मत हेर्नेवाला छु।
जसले नियुक्ति दिन्छ त्यसैले हटाउन पनि सक्ने बताउदै उनले भने त्यसैले मैले देब गुरुङलाई हटाए। तर माधब र प्रचण्डजि अहिले पनि यथावत रहेकोले सुध्रिएर पुन पार्टीमा आउन समेत उनले आग्रह गरे।
उनले विधि र प्रक्रिया पुर्याएर आए आफुले अध्यक्ष पद त्याग्ने बताए। तर प्रचण्ड र नेपाललाई सडकमा आफै अबिर लगाउदै र लड्डु खादै नहिड्न उनको सुझाब थियो।
देश नचल्ने अवस्था आएपछी प्रतिनिधि सभा विघटन गर्नु परेको उनले दाबि गरे। कुनै मुद्दा जितेर नभइ जनताको अभिमत जितेर आएको प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार भएपनि अदालतको निर्णय अकल्पनीय आएको उनले बताए।
उनले भने, तर हामी निर्णय स्वीकार गर्ने परिपाटिका हौ। हामी पालना गर्नेछौं।
तर उनले कुनै अबस्थामा आफू प्रतिपक्षमा बस्नु परे पनि खासै आपत्ति कुरा नहुने बताए । आफ्नो पार्टी प्रतिपक्ष र सरकार दुबै ठाउँमा बस्दा जनताबाट साथ पाएको सबै भन्दा धेरै काम गर्न सफल भएको ओलीले बताए । उनले भने डेढ बर्ष त बाँकी छ बसौंला प्रतिपक्षमा र अर्को पटक एक्लै दुइतिहाइ ल्याउँला।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८