• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

४ लाख २ हजार २६४ जनाले लगाए खोप

  • खबरदाता

४ लाख २ हजार २६४ जनाले लगाए खोप

 

फागुन ९,२०७७

भरतपुर । हाल सम्म देशभरका १६५ खोप केन्द्रबाट ४ लाख २२ हजार ६४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन।

सरकारी तथ्यांक अनुसार आज १२१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६९ हजार ८७६ रहेको छ । यो ९८।७ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ३३२५ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ ।

काठमाडौं उपत्यकामा ४९  जना संक्रमित थपिए । देशमा  आज कोरोनाबाट कसैले पनि ज्यान ज्यान गुमाउनु परेन । देशमा ज्यान गुमाउनेको कुल संख्या २ हजार ६१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ हजार ४९४ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ६८ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा ५२ र भेन्टिलेटरमा १० जनाको उपचार भइरहेको छ ।

हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने पाँचथर ,भोजपुर, सोलुखुम्बु ,मुस्ताङ ,रुकुम पश्चिम,अछाम र मुगु जिल्लामा कोरोना शुन्य रहेको छ ।

  • प्रकाशित मिति : फागुन ९, २०७७, आइतवार ११:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८