• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कहाँबाट पाए प्रधानमन्त्रीले संसद पुनस्थापना हुन्छ भन्ने छनक ?

  • खबरदाता

कहाँबाट पाए प्रधानमन्त्रीले संसद पुनस्थापना हुन्छ भन्ने छनक ?

फागुन ९,२०७७

प्रधानमन्त्री केपी शर्मा ओली आफुले सनिवार बिराटनगरमा पुगेर आफू आन्दोलनमा होमिने बेला आएको बताए । आफू निकट नेकपाको भेलालाई सम्बोधन गर्ने क्रममा उनले संसद नहुने र भइहालेमा आफुले आन्दोलन गर्ने चेतावनी दिए।

पौष ५ गतेबाट सक्रिय रुपमा आफ्ना बिरोधिलाई सभाबाटै प्रतिरोध गर्दै आएका ओलीले यसभन्दा अघिका सभामा कुनै पनि हालतमा संसद पुनस्थापना हुन नसक्ने बताउदै आएका थिए। तर संसद विघटन गरेको ६२ दिनमा आइपुग्दा ओली धेरै गलिसकेको भाब व्यक्त गरेका छन।

उनले संसद विघटन सदर नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । शनिबार विराटनगरमा आयोजित आफूपक्षीय नेकपाले आयोजना गरेको आमसभामा बोल्दै त्यस्तो चेतावनी दिएका हुन । ओलीले सर्वोच्च अदालतले कसैका दबाबमा विघटन बदर गर्ने फैसला गर्छ भन्ने आफुले कल्पना समेत नगरेको बताए । तर यदि त्यसो भइहाले आन्दोलनमा जाने बताए। यसबाट के अनुमान गर्न सकिन्छ भने ओलीलाई कतैबाट संसद पुनस्थापना हुने संकेत मिलेको छ ।

उनले जालझेल सुरु भएको समेत बताए । उनले भने, ‘चुनाव हुन्छ नै, त्यसकारण तपाईंहरु आत्मविश्वासका साथ अघि बढ्नुस् , यदि कहिँ कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिक्डम सेटिङ केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने त्यसका विरुद्ध फेरि पनि हाम्रो आन्दोलन अघि बढ्छ । त्यस्ता शक्तिहरुलाई पराजित गर्छौँ । ’

सभामा ओलीले सर्वोच्च अदालतले दवावमा कुनै अन्यथा निर्णय लिन्छ जस्तो आफूलाई नलागेको पनि बताए । सर्वोच्च अदालतले पनि देशमा भइरहेको विभिन्न सभालाई हेर्दै होला भन्दै उनले महाधिवेशनबाट आएको अध्यक्षलाई हटाएर ‘मलाई अध्यक्ष चाहियो’ भनेर नपाइने बताए ।

प्रचण्ड–माधव समूहले आफ्नो पक्षमा कतिपयलाई झुक्याएर हस्ताक्षर गराएको दावी समेत उनले गरे । उनले कोही पनि भ्रममा पर्न जरुरी नरहेको भन्दै मुल पार्टी आफू अध्यक्ष रहेको नेकपा नै रहेको दावी गरे । सभालाई सम्बोधन गर्दै उनले पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ का प्रदेशसभा सदस्य उषाकला राई मुल घरमा फर्किएको बताए ।

उनले सभामुख अग्नि सापकोटाले किर्ते हस्ताक्षर गरेको आरोप लगाउँदै उपराष्ट्रपनि नन्दबहादुर पुनले पनि राजनीतिक भाषण गर्दै हिँडेको आरोप लगाए । उनले प्रतिनिधिसभामा ६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले संसद विघटन गरेको बताउँदै बाध्य भएर ताजा जनादेशमा जानुपरेको बताए । उनले कसैले अध्यक्ष दिँदैमा भइनहाल्ने भन्दै माधव नेपाललाई मख्ख नपर्न चुनौति दिए । ‘निर्वाचन आयोगले भनिसकेको छ कि पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा पार्टी हो, अरु अध्यक्षलाई चिन्दिनँ भन्यो ।

सनिवार ओलीले बिराटनगर बाट आन्दोलन हुने चेतावनी त दिए तर उनले आन्दोलन सडकबाट गर्नेकि बालुवाटारको कुर्सीबाटै गर्ने भन्नेचै खुलाएनन। देशको प्रधानमन्त्रीलेनै आन्दोलनको चेतावनी दिइरहदा आम सर्बसाधारणले यसलाइ कुन रुपमा लिने हो त ? अर्को कुरा प्रधानमन्त्रीले आन्दोलन कसको लागि गर्ने त ?

  • प्रकाशित मिति : फागुन ९, २०७७, आइतवार ०५:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८