• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सामान्य भन्दै प्रहरीले रिहा गर्‍यो झाक्रीलाई

  • खबरदाता

सामान्य भन्दै प्रहरीले रिहा गर्‍यो झाक्रीलाई

माघ २९,२०७७

प्रचण्ड(नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।

महानगरिय अपराध महाशाखाले सोधपुछ गरि छाडेको बताएको छ ।बयानका क्रममा झाक्रीले रास्ट्रपतिको सम्मान हिजो पनि थियो र आज पनि छ भनेकी थिइन। उनले सो कुरा सधैका सम्बोधनमा भन्दै आएकी थिइन ।

बिहीबार साँझ महानगरीय अपराध महाशाखाबाट रिहा भएपछि उनले तानाशाह झुक्न थालेको प्रतिक्रिया दिएकी थिइन । संचारकर्मीहरूसँग कुराकानी गर्दै आफूले प्रतिगमनविरूद्धको आन्दोलनलाई उत्कर्षमा पुर्‍याउने भूमिका खेलेपछि आफूमाथि सरकारले राजनीतिक रूपले ुह्यारेसमेन्टु गरेको बताइन्।

आफूलाई राजनीतिक प्रतिशोधको रूपमा सरकारले प्रत्यक्ष रूपमा प्रहरी प्रशासनमाथि दबाव बढाएर नियन्त्रणमा ल्याउने प्रयास गरेको उनले बताइन् ।

देशभरिबाट प्रदर्शन तथा दबाव सिर्जना भएपछि प्रतिगमनले झुक्ने प्रक्रिया सुरू गरेको उनले बताइन्।
झाक्रीलाई आज दिउँसो प्रहरीले उनकै निवास बाट पक्राउ गरेको थियो।

उनलाई प्रहरीले मुलुकी अपराध फौजदारी संहिता ऐन, २०७४ को राज्यविरूद्धको कसूर अन्तर्गत दफा ५८ बमोजिम पक्राउ गरेको थियो।

प्रहरीले बयानपछि मुद्दा चलाउनुपर्ने आवश्यकता नरहेको भन्दै छाडिएको बताएको छ ।

  • प्रकाशित मिति : माघ २९, २०७७, बिहीवार १४:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८