माघ–२८, २०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ११८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६८ हजार ५४९ जना रहेको छ । यो ९८.६ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ३ हजार ५६७ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ ।
आज चितवनमा ७ र काठमाडौं उपत्यकामा ३५ जना संक्रमित थपिए । देशमा आज कोरोनाको कारण कसैकोपनि ज्यान गएन । हिजोसम्म ज्यान गुमाउनेको संख्या २ हजार ४७ रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १ हजार ७ सय ५३ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८८ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा ७२ र भेन्टिलेटरमा १६ जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने भोजपुर,सोलुखुम्बु ,संखुवासभा ,कालीकोट ,रुकुम पश्चिम,अछाम ,मुस्ताङ र मुगु जिल्लामा कोरोना शुन्य रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८