• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

निर्वाचन बारे बुझ्न गएका प्रधानमन्त्री नेकपा मेरो भनी फर्किए

  • खबरदाता

निर्वाचन बारे बुझ्न गएका प्रधानमन्त्री नेकपा मेरो भनी फर्किए

 

माघ २७,२०७७

निर्वाचन सम्बन्धि जानकारी लिन निर्वाचन आयोग गएका प्रधानमन्त्री आधिकारिक नेकपा मेरो भन्दै फर्किए। मंगलबार आयोगमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गरेको स्रोतले बताएको छ ।

उनी निर्वाचनको तयारीबारे बुझ्न मंगलबार निर्वाचन आयोग पुगेका हुन। आयोगका पदाधिकारीहरु सग प्रधानमन्त्री ओलीले विगतको आफ्नो पृष्ठभूमि बताउँदै आधिकारिकताको दाबी गरेका हुन्।

स्रोत भन्छ ,उनले २०७६ को मंसिरमा भएको उपनिर्वाचन र माघमा राष्ट्रिय सभाको निर्वाचनमा आफ्नै हस्ताक्षर पठाएको प्रसंग सुनाउँदै आफूबाहेक कोही आधिकारिक हुन नसक्ने दाबी गरे।

निर्वाचनको तयारीबारे बुझ्न र समयमै निर्वाचन गराउन सरकारको प्रतिवद्धतारहेको जनाउन ओलि आयोग गएको र त्यही प्रसंगमा नेकपाको आधिकारिकताबारे समेत प्रधानमन्त्रीले बिलेका थिए । प्रधानमन्त्री र आयोगका पदाधिकारीको छलफलका एक सहभागीले भने,दुई पार्टीको एकता भएपछि म प्रथम अध्यक्ष हो। मेरै हस्ताक्षरमा पार्टीका निर्णयहरू लागु भएका छन्। मैले आजसम्म सूर्य चिन्हमै चुनाव लडेको छु भनेरसमेत भन्नुभयो।

अध्यक्षको निर्देशनमा महासचिवले बोलाएको बैठकबाहेक अरू आधिकारिक नहुनेसमेत ओलीले दाबी गरेका थिए।

पार्टी एकता भएको भए पनि एकताको प्रक्रिया नटुंगिदै अहिलेको दुःखद स्थिति देखा परेकोसमेत उनले बताएका थिए।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल,ओली पक्षका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङ,कानुन मन्त्री लीलानाथ श्रेष्ठलगायत नेताहरू आयोग गएका थिए। निर्वाचन आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र अन्य आयुक्तहरू सहभागी थिए।

  • प्रकाशित मिति : माघ २७, २०७७, मंगलवार ११:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८