माघ २३, २०७७
चितवन। चितवन केरा उत्पादक संघको अध्यक्षमा माधव प्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन ।
संघको छैठौं साधारण सभा तथा तेश्रो अधिवेशनले घिमिरेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको महासचिव जनकराज पन्तले जानकारी दिए ।
जसको बरिष्ठ उपाध्यक्षमा फणिन्द्र लामिछाने,उपाध्यक्षमा शंकर प्रसाद सुबेदी,महासचिवमा जनकराज पन्त,सचिवमा विबेक दाहाल र कोषाध्यक्षमा टंक लामिछाने चयन भएका छन् । सदस्यहरुमा विष्णु भट्टराई,चिरञ्जीवि सापकोटा,ऋषिराम गुरुङ,सरस्वती भन्ताना,महेन्द्र सेन ढकुरी,टीकाराम खतिवडा रहेका छन् । समितिमा रामचन्द्र दुवाडी र विनु शाही सदस्यमा मनोतिन भएका छन् ।
संघको लेखा समिति संयोजकमा पुण्यप्रसाद देवकोटा र सदस्यहरुमा दीपबहादुर भण्डारी र कपिल ढकाल चयन भएका छन् । संघको साधारण सभा तथा अधिवेशनको उद्घाटन माघ १७ गते रत्ननगरमा भएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८