• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दुम्कीबास–त्रिवेणी सडकखण्ड पन्ध्रवर्षदेखि अलपत्र

  • खबरदाता

दुम्कीबास–त्रिवेणी सडकखण्ड पन्ध्रवर्षदेखि अलपत्र

माघ २१, २०७७
नवलपुर । गण्डकी प्रदेशकै लाइफलाइन भनेर चिनिने दुम्कीबसा त्रिवेणी सडक खण्ड १५ वर्ष वितिसक्दा पनि जहाँत्यही छ । २०६२ सालबाट सुरु गरिएको उक्त सडकखण्ड २०६४ सालमा ट्रयाक पुरा भएको थियो ।

करिव २१ किलोमिटर उक्त सडकखण्डमा २०६४ सालताका करिव एक हप्तासम्म सामान्य सवारी साधन चलेका थिए । तर थप निर्माणको काम ठप्प भएपछि सवारीसाधन पनि ठप्प भए । सो समय हुलाकी सडकखण्डले चिनिने उक्त बाटो २०६२ सालमा गजेन्द्र मोक्षधामका पीठाधीश कमलनयन आचार्यको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि सहित १६÷१७ गाविसका जनताहरु मिलेर ट्रयाक खोली निर्माण सुरु गरेका थिए ।

त्रिवेणीबाट दुम्कीवाससम्म आउनैका लागि हालको प्रदेशनम्वर ५ को बर्दघाट हुँदै आउनुपर्ने वाध्यता अहिलेसम्म टर्न सकेको छैन। यदी यो सडक खण्ड सुचारु भएमा त्रिवेणीधामबाट दुम्कीवास आउनलाई अहिले प्रयोग गरिने समयको ७५ प्रतिशत बचत हुनेछ ।

सो क्षेत्रमा पर्ने सडकखण्डमा पर्ने करिव ८ किलोमिटर चितवन रािष्ट्रय निकुञ्जको क्षेत्र पर्ने भएकाले एक हप्तासम्म जेनतेन सावरी साधन चलेको बाटोलाई राष्ट्रिय निकुञ्जले बन्द नै गरिदियो । उसले कानूनत बन्द गरिएको सो वेलानै जनाएको थियो । निकुञ्ज वन्यजन्तुको चरनक्षेत्र भनेर रोकिदिएको स्थानीयले बताएका छन् ।

सो क्षेत्रका स्थानीयहरुलाई उक्त समयमा दुम्कीवास त्रिवेणी सडक हुँदै यात्रा गरेको अहिलेपनि सम्झना ताजै छ । विनयी त्रिवेणी गाउँपालिका ७ नवलपुरका सुरज कुमार कुँआर दुम्कीबास त्रिवेणी सडक हुँदै जीपमा यात्रा गरेको अनुभव अझ ताजै रहेको बताउँछन् । उनले प्रदेश सरकारले चासोका साथ निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए ।


भारतसँग सहजै जोडिन सकिने र भन्सार समेत संचालन हुने भएपछि यसलाई विशेष चासो दिएर पक्की सडक बनाउन उनले माग गरेका छन् ।

गण्डकी प्रदेश सरकार निर्माणपछि मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले समेत चीनको कोरोनादेखि भारतसँग सीमा जोड्न दुम्कीवास त्रिवेणी सडक बनाउने बताएको सम्झने उनले मुख्यमन्त्रीसँगको भेटमा निर्माण कार्य सुरु गर्न आग्रह गरे ।

मुख्यमन्त्रीले निरीक्षण बन मन्त्रालय र निकुञ्जसँग सहजीकरण गरेर निर्माण थाल्ने बताए । विश्व सम्पदा सूचीमा समेत रहेकाले युनेस्कोसँग सहमति लिने र कानूनी बाधा हटाएर यसै आर्थिक वर्षभित्र सडक निर्माण सुरु हुने बताए ।

सडक खण्डमा ७ वटा ठूला खोला र ८७ वटा स–सना खोल्सीहरु रहेको भन्दै पुल र ह्युम पाइपहरु राख्यो भने वर्खा वाहेकको समयमा गाडी चल्न सक्ने स्थानीयको भनाई छ ।

धेरै पटक मन्त्री सांसद आउँदै हेर्दै आश्वासन पाएका स्थानीयले नजिता नपाएपछि गुनासो गरेका छन् । तर शनिवार निरीक्षणमा गएका मुख्यमन्त्री गुरुङ, सांसदहरु, निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहितको टोलीले निरीक्षण गरेपछि बाटो बन्नेमा आशावादी देखिएका छन्।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जले ओगटेको वास्तविक क्षेत्रफल कति छ भनेर सर्भे नगरेको बताए । तर विकासमा निकुञ्ज कहिल्यै पनि वाधक नभएको भन्दै बरालले सरकारले बनाएका कानूनको पालना गर्ने गराउने काम आफूहरुको भएको र सरकारले जसरी भन्छ त्यसरी काम गर्ने बताए ।

  • प्रकाशित मिति : माघ २१, २०७७, बुधवार ०६:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८