• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुटुक्क आएर ढुंगा पूजा गर्दैमा आयोजना सम्पन्न हुँदैन : मेयर दाहाल


सुटुक्क आएर ढुंगा पूजा गर्दैमा आयोजना सम्पन्न हुँदैन : मेयर दाहाल

माघ १७, २०७७
चितवन । महानगरलाइनै थाहा नदिई सुटुक्क आएर ढुँगा पुजा गर्दैमा आयोजनाहरु सम्पन्न नहुने भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताएकी छिन् ।

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सुरु भइसकेका दुई आयोजना सिटी हल र पुल्चोक गोन्द्राङ सडकको शिलान्यास गरेपछि उनको उक्त प्रतिक्रिया आएको हो ।

चितवनमा शनिबार कुँवर समाज नेपाल चितवन शाखाद्वारा निर्मित राष्ट्रिय विभूति बलभद्र कुँवरको पूर्ण कदको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाइ थाहै नदिई शिलान्यास गरिएको प्रति उनले दुख व्यक्त गरिन् । महानगरले धेरै मेहनत र दुखकासाथ सिटी हलको परियोजना ल्याएको र निर्माण सुरु गरिसकेको अवस्थामा महानगरलाई नै वेवास्ता गरेर कार्यक्रम गरिएकोमा उनको आपत्ती थियो ।

भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको गतिका साथ अगाडि बढिरहेको बताउँदै उनले संघीयताको खिल्ली उडाउँदै केन्द्रीकृत शासन लाद्ने प्रयास गरीएकोप्रति आमनगरवासीको चाहाना विपरीत भएको उनको भनाई थियो

यस अघि पनि महानगरमै पत्रकार सम्मेलनको आयोजना गरी शिलान्यास कार्यक्रममा महानगरलाई सहभागी नहुने उनले बताएकी थिइन् ।

जो सुकैले आएर शिलान्यास गरेपनि असली आमा महानगरनै भएको भन्दै उनले सिटी हल र ६ लेन सडकको काम महानगरले तदारुकतासाथ अगाडि बढाइरहने बताइन् । उनले भनिन्,“यो हाम्रो गौरवको आयोजना हो । यसमा महानगरको तीन वर्षदेखिको मेहनत र परिश्रम छ । यसलाई हामी जुन सुकै हालतमा सहि तरिकाले समयमै निर्माण सम्पन्न गरेर देखाउनेछौ ।”

सालिक अनावरण कार्यक्रममा बलभद्र कुँवर प्रतिष्ठानका अध्यक्ष प्राडा धनबहादुर कुँवरले वीर बलभद्रको २ सय ३१ औँ जन्मजयन्तीको अवसर पारेर चितवन जिल्लाको रमणीय स्थान जलदेवी सामुदायिक वन परिसरमा पूर्ण कदको सालिक अनावरण गर्न पाउँदा खुसी लागेको बताउँदै वीरहरुको योगदानको कदर गर्नु हामी सबैको दायित्व भएको बताए ।

भरतपुरको आँपटारीमा रहेको जलदेवी सामुदायिक वन परिसरमा २० लाख रुपैयाँको लागतमा आकर्षक पूर्णकदको सालिक निर्माण गरिएको छ ।

  • प्रकाशित मिति : माघ १७, २०७७, शनिवार १४:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८