• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

महानगरको गौरवमाथि प्रधानमन्त्री ओलीको हस्तक्षेप : मेयर रेनु


महानगरको गौरवमाथि प्रधानमन्त्री ओलीको हस्तक्षेप : मेयर रेनु

राजनीतिक प्रतिसोधका कारण केन्द्र सरकार स्थानीय तहलाई विभेद गर्दै । यति ठूलो आयोजनाको रुपमा लिदै निर्माण सुरु गर्न भूमिका खेलेको महानगरसँग समन्वय समेत नगरी आफ्ना पक्षको उक्साहटमा प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने लभगभ पक्का भएको छ । यसले निर्माण कार्य समयमै सक्ने र निर्माणपछिको स्वामित्व तथा सरक्षणमा असर पुग्ने देखिन्छ । संघीय बजेटमा प्रधानमन्त्रीको शिलान्यासलाई सामान्य रुपमा लिँदा फरक नपरेपनि महानगरको भूमिकालाई ओझेलमा पार्नुले समस्या निम्तने देखिन्छ ।

केपी शर्मा– माघ १६, २०७७
चितवन । भरतपुर महानगरपालिकाको गुरुयोजनाका साथ सुरु गरिएको गौरवका आयोजनामाथि राजनीतिक प्रतिसोधका कारण प्रधानमन्त्रीले महानगरलाई हस्तक्षेप गरेको आरोप लगाइएको छ।

निर्माण सुरु भइसकेका दुई वटा ठूला यी आयोजनाको असली आमा भरतपुर महानगरपालिका भएको बताउँदै प्रमुख रेनु दाहालले निर्माण सुरु भइसकेको ती दुई आयेजनाको भोलि शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने थाहा पाएपछि आज पत्रकार सम्मेलन गरी उक्त कार्यप्रति महानगरको असहमति रहेको जनाएकी हुन् । साथै उक्त कार्यक्रममा महानगरको कोही पनि प्रतिनिधि सहभागी नहुने उनले बताइन् ।

महानगरपालिकालको आफ्नो पहलमा सुरु गरेको भरतपुरको सीटि हल र पुल्चोक गोन्द्राङ ६ लेन सडक खण्ड निर्माण सुरु भएको करिव दुई महिनापछि महानगरपालिसँग समन्व्य समेत नगरी प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रमको उनीहरुले विरोध गरेका हुन् ।

उनले भनिन्,“भरतपुरमा सीटि हल निर्माण गर्न महानगरले विगत तीन वर्षदेखि गरेको प्रयास धेरै समस्याहरुका वावजुत सफल भएको हो । हामीले यस आयोजनाका लागि धेरै ठाउँ जग्गा हेर्यौँ । क्यान्सर अस्पतालको जग्गामा निर्माण गर्ने भनेर पक्कापक्की भइसकेको निर्णयलाई मन्त्रीपरिषदमा प्रधानमन्त्री स्वयमले उक्त स्थानमा निर्माण गर्न नपाईने भन्दै पन्छाइदिएका थिए । ”

No description available.

प्रधानमन्त्रीले उक्त स्थानको जग्गा अस्विकार गरेपछि महानगरकै पहलमा अहिलेको स्थानमा जग्गा प्राप्ती गरेको र त्यसको निर्माण कार्यले पनि तिव्रता लिएको उनले बताइन् । सीटिहल निर्माण सुरु गर्नुअगावै र सुरु भएपछि पनि तीन पटकसम्म यसको शिलान्यस गर्ने प्रयासलाई केन्द्रीय सरकारले रोकिदिएको उनको आरोप थियो ।

उनले भनिन्,“महानगरले सो आयोजना शिलान्यासको लागि मंसिर १४ गते तय गरेको थियो । त्यसलाई पनि केन्द्रीय सरकारले अस्विकार गर्यो । त्यसपछि सो मिति मंसिर २७ मा सारियो । त्यो बेला पनि त्यसै गरियो र पौष १० गतेलाई अर्को शिलान्यास को मिति तोकियो । त्यसमा पनि शिलान्यस गर्ने बतावरण बनेन । तर निर्माण कार्य भने अगाडि बढिनै रह्यो । ”

यता पुल्चोक देखि गोन्द्राङसम्म निर्माणकार्य सुरु भइसकेको ६ लेन सडक खण्डको पनि महानगरलेनै पहल गरेको बताउँदै यदि महागनरले चासो नदेखाएको भए ६ लेन सडक सुरु हुने नै थिएन, उनले भनिन् ।“यदी केन्द्रीय सरकारले गर्ने भएको भए त गैँडाकोट बुटवल सडकखण्डसँगै यति थोरै भरतपुरमहानगरलाई समेट्न सक्थ्यो नि । यस बाट प्रष्ट हुन्छ की भरतपुर महानगरप्रति केन्द्र सरकार विभेद गर्दैछ । ”

महानगरलेनै तय गरेको र सुरुवात गरेको आयोजना शिलान्यास गर्न धेरै पटक अवरोध पुर्याउँदै आएको केन्द्रीय सरकारले अहिलेको विषम परिस्थितीमा त्यहाँ माथि कामनै सुरु भइसकेको अवस्थामा महानगरलाई हस्तक्षेप गर्दै प्रधानमन्त्रीलाई बोलाएर शिलान्यस गरिने राज्य स्रोतको दुरुपयोग मात्रै नभई स्थानीय सरकार संचालन ऐन नै खतरामा परेको उनको आरोप थियो ।

केपी ओली सवै मै हुँ भन्ने भावनाबाट चलेको भन्दै मेयर दाहालले भनिन्,“संघीयताको मूल मर्म विपरीत केन्द्रकृत शासनको झल्को दिने गरी संघीय सरकारले गम्भीर विभेद गरेको छ भने स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप गरेको महसुस हामीले गरेका छौँ । ”

महानगरकै पहलमा जिल्ला समन्वय समिति चितवनको मातहतमा रहेको जग्गा उपलब्ध गराएपछि इन्डो सगुन रौताहा जेभी कम्पनी बुटवल र शहरी विकास डिभिजन कार्यालयका वीच मंसिर १८ गतेनै सम्झौता भई काम जारी छ ।

उक्त कम्पनीले ८७ करोड बढिमा सिटी हल निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको शहरी विकास डिभिजन कार्यालयका इन्जिनियर माधव कटवालले जानकारी दिए । उनका अनुसार भ्याट रहित १ अर्ब ६ करोड लागत अनुमान गरिएको उक्त महत्वकाक्षी योजनामा २६ प्रतिशत कम लागतमा निर्माण सम्पन्न गर्ने गरी इन्डो सगुन रौताहा जेभीसँग सम्झौता गरिएको हो । उसले भ्याट सहित ८७ करोड ८८ लाख ८८ हजार ८ सय ८८ रुपैया ७२ पैसामा उक्त सिटीहल निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्नेछ ।

त्यस्तै पुल्चोक गोन्द्राङ ६ लेनको सडक सम्झौता अनुसार १ अर्ब १२ करोड लागतमा निर्माण भइरहेको छ । सम्झौता मितिले २८ महिनाभित्र निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको पुल्चोक गोन्द्राङ सडकखण्डमा निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ। इण्डो सगुन जेवी कम्पनीले निर्माणको जिम्मा लिएको उक्त ६ किलोमिटर सडक खण्ड ६ लेनकै निर्माण गरिनेछ ।

  • प्रकाशित मिति : माघ १६, २०७७, शुक्रवार ०५:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८