माघ १५, २०७७
चितवन । चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
आज साझ राप्ती नगरपालिका- १ पिप्ले स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ आईरहेको प्रदेश न।२–०२–००१ प ५१०४ नम्बरको मोटरसाइकलाई सोही दिशाबाट आईरहेको ना ६ ख ६२८६ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँएको चितवन प्रहरीले जनाएको छ ।
ठक्करबाट मोटरसाइकल चालक महोत्तरी जिल्ला मनरा सिसुवा नगरपालिका ९ बस्ने आनन्द झाको उपचारको क्रममा जिल्ला सरकारी अस्पताल भरतपुरमा मृत्यु भएको प्रवक्ता सुर्य थापाले जानकारी दिए ।
मोटरसाइकल पछाडी सवार धनुषा जिल्ला जनकनन्दनी गाउँपालिका ४ बस्ने बर्ष २२ की स्वयता झाको दाहिने खुट्टामा चोट लागेको अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भईरहेको र ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको थापाले जानकारी दिए
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८