माघ ११, २०७७
चितवन । निर्माणकार्य सुरु भइसकेको दुई वटा आयोजनाको शिलान्यास गर्न यही माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने पक्का भएको छ । नेपाल कम्युनिष्ट पार्टी ओली समुहले आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले सो कुराको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर १० मा निर्माणाधीन सीटि हल र पुल्चोक गोन्द्राङ ६ लेन सडकको शिलान्यास गर्ने र त्यसपछि पारस पसपार्कमा हुने आमसभामा सम्वोधन गर्ने गरी तालिका तय भएको राष्ट्रिय सभा सदस्य पार्वती रावलले बताइन् ।
संघीय सरकारको बजेटबाट यी दुई आयोजना निर्माण भइरहेकाले यो सरकारी कार्यक्रम अनुसारनै प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने र आमसभा भने पार्टीले आयोजना गरेको उनले प्रष्ट पारिन् ।
विकासको जस लिने कुनै होडवाजी नभएको भन्दै उनले कानुन र विधि सम्मत कार्यक्रम राखिएको बताइन । तीन तहका सरकार मध्ये केन्द्र सरकारले गरेको कार्यक्रम भएकाले सोही अनुसार बुझिदिन उनको आग्रह थियो ।
साथै माडीमा पुल निर्माण रोकिएको विषयलाई प्रधानमन्त्री ओलीसँग नजोड्न आग्रह गर्दै त्यहाँको विकासका लागि आफ्नो र सरकारको अझ वढि चासो रहेको उनको भनाई थियो । सो पुल निर्माण कार्य के कारणले रोकिएको हो त्यस बारे बुझेर काम सुचारु गरिने तथा राम मन्दिर निर्माणका लागि पनि प्रधानमन्त्रीको चासो रहेकाले अहिले पर्यटनमन्त्रालयबाट काम भइरहेको उनको भनाई थियो ।
साथै अहिलेको शिलान्यास पनि दुई अध्यक्षलाई सँगै गराउने चाहाना हुँदाहुँदै प्रचण्ड मुल घरबाट चाँडै बाहिर गएकाले त्यो पुरा हुन नसकेको समेत उनले बताइन ्।
सोही दिन मध्यान्न सवा १२ बजे प्रधानमन्त्री ओलीले भरतपुरमा आयोजना गरिने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँगै उक्त कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल,भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, मन्त्री प्रभु शाह लगायतका नेताहरुको उपस्थिती रहने उनले बताइन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८