माघ ८,२०७७
चितवन । कांग्रेस केन्द्रिय निर्णय अनुसार चितवनका सबै ९८ वडामा काङ्ग्रेसले बिरोध सभा गर्दै छ ।
संसद् विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदमको रूपमा व्याख्या गरेको कांग्रेसले बिहीबार चितवन लगायत देशका ६७४३ वडामा र्याली र सभा गरेर विरोध गर्दै छ । ती सबै वडामा आज कांग्रेसले एक साथ संसद् विघटनको विरोध गर्न लागेको हो ।
चितवनका एक महानगरपालिका ,पाँच नगरपालिका र एक गाउँपालीका भित्र ९८ स्थानमा बिरोध सभा गर्न लागेको चितवन काङ्ग्रेस सभापति जितनारायण श्रेष्ठले बताए। उनने भने मंगलबारनै हामीले चितवनका सबै ९८ वडामा प्रतिनिधि खटाइ सकेका छौ।आज सोही अनुसार बिरोध सभाहरु हुने छन।
चितवनको भरतपुर महानगरमा २९,खैरहनिमा १३, राप्तीमा १३ ,कालिकामा ११ , रत्ननगरमा १६ र माडि नगरपालिकामा ९ वडा रहेका छन। त्यस्तै जिल्लाको एउटैमात्र गाउँपालिका इच्छाकामनामा ७ वडा गरि जिल्लामा ९८ वडा रहेका छन।
यस्ता विरोध कार्यक्रममा कोभिड– १९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासन, भ्रष्टाचार र प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी प्रवृत्तिको भण्डाफोर गर्न कांग्रेसले तल्ला निकायलाई निर्देश गरेको छ ।
१९ पुसमा बसेको केन्द्रीय समिति बैठकले दोस्रो चरणअन्तर्गत २५ पुसका साथ ३ र ८ माघका लागि विरोधका कार्यक्रम तय गरेको थियो । कांग्रेसले २५ पुसमा तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा तथा ३ माघमा सात सय ५३ पालिकामा विरोध प्रदर्शन गरिसकेको छ । त्यसअगाडि कांग्रेसले १३ पुसमा एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८