पौष २९, २०७७
चितवन । चितवनका विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तुरुन्तै संसद सूचारु गर्न सडकबाट चेतावनी दिएका छन् ।
अनेरास्ववियू दाहाल नेपाल (दाने) केन्द्रको कार्यक्रम अनुसार पहिलो चरणको अन्तिम दिन बुधवार भरतपुरको चौविस कोठीमा दाने समूहका विद्यार्थीहरुद्धारा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले विभिन्न व्याङ्ग्यत्मक प्ले कार्डहरु बोकेर सडकबाट संसद विघटन विरुद्ध आवाज उठाएका हुन् ।
उनीहरुले हाम्रो भविष्य अन्धकारमा नपार्नुहोस केपी बा, राष्ट्रपति ज्यू रबर स्टाम्प होइन अभिभावक बन्नुहोस, सम्मानीत अदलातप्रति हामीलाई विश्वास छ, संसद सूचारु गर्नुहोस् केपी बा जस्ता नारा लेखिएका प्ले कार्ड सहित सडकमा उभिएका थिए ।
कार्यक्रममा बोल्दै अखिलका केन्द्रीय सदस्य अशोक देवकोटाले विद्यार्थीहरु पढाई छोडेर प्ले कार्ड बोक्दै सडकमा बोलाउन बाध्य गराउने सरकारप्रति सतर्क रहन सवैलाई आग्रह गरे ।
रोही सुवेदीको सभापतित्वमा भएको उक्त विरोध कार्यक्रममा विरेन्द्र क्याम्पस, सप्तगण्डकी, मैयादेवी, बालकुमारी लगायतका कलेजहरुबाट विद्यार्थीहरुको सहभागीता गराइएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८