• वैशाख १९, २०८१, बुधवार Wednesday, 01 May, 2024

कानून कार्यान्वयन नहुँदा पत्रकार असुरक्षित, एकवर्षमा ५२ घटना

  • खवरदाता

कानून कार्यान्वयन नहुँदा पत्रकार असुरक्षित, एकवर्षमा ५२ घटना

पौष १७, २०७७
चितवन । कानूनको सहि ढंगले व्याख्या सहित कार्यान्वयन नहुँदा पत्रकाहरु असुरक्षित भएका छन् ।

यस वर्ष अर्थात् २०२० डिसेम्वर ३१ सम्मको तथ्याङ्क हेर्दा ठूला र मध्यमखालका गरी प्रेस स्वतन्त्रता हननका ५२ वटा घटनाहरु घटेका छन् । नेपाल पत्रकार महासंघ, प्रेस स्वतन्त्रता अनुगमन इकाईले सार्वजनिक गरेको तथ्याङ्कले उक्त कुराहरु देखाउँछ ।

नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा गरिएको अभिलेख अनुसार सन् २०२० जानवरी १ देखि २०२० डिसेम्वर ३१सम्मको यो एक बर्षको अवधिमा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेख गरिएको छ । गत बर्ष अर्थात सन् २०१९ मा प्रेस स्वतन्त्रता हननका ५० वटा घटना अभिलेख गरिएको थियो ।

यो एकबर्षको अवधिमा सबैभन्दा धेरै ३२ वटा घटना पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका रहेका छन् । त्यस्तै, ९ वटा घटना पत्रकारमाथि आक्रमणका छन् भने ५ वटा घटना पत्रकार गिरफ्तारीका छन् । यस्तै, ४ वटा घटना कब्जा तथा अवरोधका रहेका छन् भने २ वटा घटना पेशागत असुरक्षाका अभिलेख भएका छन् ।

प्रेस स्वतन्त्रता सम्बन्धी प्रस्तुत कानुनहरु न त प्रष्ट छन् न त सरकारले तिनलाई बलियो रुपमा कार्यान्वयननै गरेको छ । संघीय सरकार र प्रदेश सरकारले सञ्चार सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासंगको छलफल विना नै त्यस्ता कानून निर्माण भइरहेको छन् ।

सरकारले संसद समक्ष पु¥याएका सार्वजनिक सेवा प्रसारण सम्वन्धी विद्येयक, सूचना प्रविधि विद्येयक, मिडिया काउन्सिल विद्येयकसहित संचार सम्वन्धी विभिन्न विद्येयकमा प्रेस स्वतन्त्रता विरोधी धेरै दफाहरु राखेर सरकार आफै प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागि परेको देखिन्छ । घटेका घटनामध्ये धेरै ठाउँमा पीडितलाई भन्दा पीडकलाईनै सरकारी पक्षबाट हौसला प्रदान हुनुले पत्रकारिता क्षेत्र अवका दिनमा अझै संकटमा जाने देखिन्छ ।

विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालका श्रमजीवी पत्रकारहरुले ठुलो समस्याहरु भोग्नु परेको छ ।

कोरोना भाइरसकै कारण कार्यक्षेत्रमा कठिनाई भोगिरहेका श्रमजीवि पत्रकारहरुलाई देशकै ठूला संचारगृहले कतै कटौती त कतै सेवा बाटै बन्चित गरिनुले पत्रकार लगायत उनका परिवारमा समेत आर्थिक विचलन उत्पन्न भएको छ ।

यो महामारीमा देशभर ७ जना पत्रकारहरुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ५१३ जना पत्रकार कोरोना भाइरसबाट संक्रमण भएका थिए । जसमध्ये ४७० जना निको भइसकेका छन् ।

  • प्रकाशित मिति : पुस १७, २०७७, शुक्रवार ०६:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८