वीरगन्ज। मधेस सरकारबाट एमाले बाहिरिएको छ । एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले शुक्रबार मधेस प्रदेश प्रमुखलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराएका छन्।
सरकार गठन गर्दा सत्तारुढ दलबिच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमाले मधेस प्रदेशले समर्थन फिर्ता लिएको मुख्यमन्त्री यादवलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ ।
सरकारबाट एमालेले समर्थन फिर्ता लिएसँगै सरकारमा सहभागी एमालेका चार जना मन्त्रीले आजै राजीनामा समेत बुझाएका छन्।
भौतिकमन्त्री महम्म्द समिर, खेलकुदमन्त्री लखनदास तत्मा, श्रम मन्त्री शारदा थापा र शिक्षामन्त्री मनोज कुमार सिंहले मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका हुन्।
एमाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकार अप्ठ्यारोमा पर्ने देखिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८