• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

जाजरकोटमा जिप दुर्घटना, दुईजनाको मृत्यु

  • खबरदाता

जाजरकोटमा जिप दुर्घटना, दुईजनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा सोही पालिकाको कल्ली स्याला बस्ने २० वर्षीय सन्तबहादुर बस्नेत र ३० वर्षीया विपना भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्यालाकै ३० वर्षीय दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन् । उनीहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको छ ।

घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।

आज बिहान रातिको २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : असोज २९, २०८३, बिहीवार ०८:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८