• असोज ६, २०८३, मंगलवार Tuesday, 22 September, 2026

प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान


प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन अमेरिका प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडानमार्फत दोहा हुँदै न्यूयोर्कतर्फ लागेको टोलीलाई गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री खडकराज पौडेलले बिदा गरेका थिए ।

टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार,शिष्टाचार महापाल कुमार खरेल,निजी फोटोग्राफर विनय शाक्य,शिष्टाचार अधिकृत महेश यादव,अङ्गरक्षक लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट,डिएसपी दिपेश बस्याल पनि छन् ।

उनी मंगलबार कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्युयोर्क पुग्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्कने तालिका छ ।

प्रधानमन्त्री शाह साढे ६ बजे सरकारी निवास बालुवाटारबाट निस्किएका थिए । उनी अनौपचारिक रूपमा विदेश भ्रमणमा निस्केका छन् । कुनै तामझामविना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीभीआइपी कक्ष प्रयोग नगरी उनी न्युयोर्क लागेका छन् ।

प्रधानमन्त्री भएपछि याे उनकाे पहिलाे विदेश भ्रमण हाे । तर अमेरिका भ्रमणलाई उनले अनाैपचारिक बनाएका छन् ।

  • प्रकाशित मिति : असोज ६, २०८३, मंगलवार १९:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८