प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज अमेरिका जाँदै छन् । प्रधानमन्त्री शाह न्यु योर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन आज अमेरिका जान लागेका हुन् ।
प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर अमेरिका जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शाहले पर्सि (८ असोज) मा महसभामा सम्बोधन गर्ने कार्यसूची रहेको छ । सम्बोधनपछि बालेन सिधै नेपाल फर्किने जनाइएको छ ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नुपरेको जनधनको ठूलो क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गर्नेछन् । साथै, नेपालले नगन्य कार्बन उत्सर्जन गरेता पनि ठूलो मात्रामा जलवायु परिवर्तनका कारण परेको नकारात्मक असरबारे विश्वसमक्ष प्रस्तुत गर्नेछ ।
यसका साथै हालै रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षतिबारे जानकारी गराएर तत्काल उचित राहतका लागि प्रधानमन्त्री शाहले विश्वसमुदायलाई आह्वान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए ।
राईका अनुसार प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी जंगल, विशाल हिमालय क्षेत्र र बृहत् नदी प्रणालीमार्फत नेपालले विश्वको वातावरण संरक्षण र प्रवर्द्धनमा पुर्याउँदै आएको योगदानबारे पनि प्रधानमन्त्री शाहले महासभामा जानकारी दिनेछन् ।
त्यस्तै, विश्वव्यापी जलवायु परिवर्तका कारण हिमालमा परेको असरका कारण परेको प्रभावका कारणबारे छलफल गरी विश्व समुदायको ध्यानाकर्षण गर्ने राईले जानकारी दिए ।
राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिका प्रस्थान गरेका छन् । उनले महासंघअन्तर्गतका विभिन्न बैठकमा भाग लिने तथा अन्य देशका समकक्षीसँग भेटवार्ता गर्नेछन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८