• असोज ३, २०८३, शनिवार Saturday, 19 September, 2026

माथिल्लो त्रिशूली- १ आयोजनाको सुरुङभित्र थप ११ शव फेला

  • खबरदाता

माथिल्लो त्रिशूली- १ आयोजनाको सुरुङभित्र थप ११ शव फेला

माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ।

भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने क्रममा आज थप ११ शव फेला परेका हुन्।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा आज ११ वटा शव पारी बाहिर निकालिएको आयोजनाले जानकारी दिएको छ।

यसअघि शुक्रबार दिउँसो १३ वटा र साँझ ५ वटा शव भेटिएका थिए। खोजी अझै जारी छ।

  • प्रकाशित मिति : असोज ३, २०८३, शनिवार १४:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८